छन्त्याल परिवारका उपाध्यक्ष अमर छन्त्यालबाट नेपाल हाउसलाई ३ लाख वन सहयोग
Saturday, February 14, 2015
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल
बनाउन म्याग्दी जिल्ला गुर्जा गाबिस गुर्जाबाट कोरियाली भूमिमा आई कार्यरत छन्त्याल परिवा दक्षिण कोरियाका उपाध्यक्ष तथा सकृय
समाजसेवी श्री अमर छन्त्याल ज्युबाट नेपाल हाउसलाई ३ लाख वन सहयोग प्राप्त
भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरिया सकृय सदस्य समेत रहनु भएका
श्री छन्त्याल करिव ८ बर्ष अगाडी कोरिया आउनु भएको हो । मिलनसार र समाज
सेवी भावनाबाट बाट ओतप्रोत ब्यक्तित्व श्री छन्त्यालज्युले नेपाल हाउसको यस
परोपकारी महान अभियानमा स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो ।