बुसानका नवोदित गायक मदन गिरीबाट नेपाल हाउसलाई १ लाख १ हजार सहयोग
Tuesday, February 10, 2015
दीर्घकलिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड सङकलन अभियानलाई सफल बनाउन दक्षिण कोरियाको बुसानमा कार्यरत नवोदित गायक श्री मदन राज गिरीज्युले नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग गर्नु भएको छ ।
बझाङ जिल्ला स्थायी घर भएका श्री गिरी आफ्नो सुमधुर स्वरको कारण नवोदित गायकको रुपमा चिनिनु हुन्छ । दक्षिण कोरियाको बुसान,किम्हे क्षेत्रमा हुने सांस्कृतिक कार्यक्रममा उहांले आफनो गीत प्रस्तुत गरेर नेपालीहरुलाई मनोरञ्जन दिदै आउनु भएको छ । नेपालका राष्ट्रिय एथलेटिक खेलाडी समेत रहेका उहां सामाजिक क्षेत्रमा पनि उति नै सक्रिय हुनु हुन्छ ।