किम्हे बुसानका सकृय समाजसेवी केपी चौलागाईबाट नेपाल हाउसलाई १ लाख १ हजार १११ वन सहयोग
Wednesday, February 4, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन सिन्धुपलान्चोक जिल्लाबाट कोरिया आई कार्यत समाज सेवी श्री केपी
चौलागाईज्युबाट नेपाल हाउसलाई १ लाख १ हजार १सय ११ वन सहयोग प्राप्त भएको छ
। बुसान र किम्हे एरियामा सकृय समाजसेवीको रुपमा परिचित चौलागाई नेपाल
हाउस व्यवस्थापन समितिको दश करोड संकलन अभियान अन्तर्गतको नेपाल हाउस
सांगीतिक महामेला बुसान उप कमिटीमा रहेर कार्यक्रमलाई सफल पार्न सकृय रुपमा
लागि पर्नु भएको छ । उहां हाल ईपियस भीषा अबधिको कारण नेपालमा हुनुहुन्छ
भने केहि दिन भित्रै किम्हे शहरमा रहेको ईन्जे युनिभर्सिटीमा अध्ययन गर्ने
गरि पुन: कोरिया आउंदै हुनुहुन्छ ।