खोटाङ सेवा समाजको तर्फबाट नेपाल हाउसलाइ ५ लाख १ हजार सहयोगको घोषणा
Wednesday, February 4, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियामा एक सकृय संस्था खोटाङ सेवा समाज दक्षिण कोरयाले ५ लाख १ हजार वन सहयोगको घोषणा गरेको छ । संस्थाका अध्यक्ष श्री अमृत राईज्युले नेपाल हाउसलाई ५ लाख १ हजार घोषणाको जानाकारी गराउनु भएको हो । खोटाङ सेवा समाज दक्षिण कोरिया समाज सेवा लगायत खेलकूदमा समेत सकृय संस्था हो । कोरियाली भूमिमा हरेक बर्ष प्रतिष्प्रधात्मक भलिबल खेलको आयोजना गर्नुको साथै आफ्नो जिल्लमा आर्थिक भौतिक लगायतका सहयोगहरु गर्दै आएको छ । त्यसको अलावा कोरियाली भूमिमा रहेका हरेक संघ संस्थाहरु संग हातेमेलो गर्दै हरेक कृयाकलापहरुमा सकृय सहभागिता जनाई रहेको छ ।