नेपाली जनसम्पर्क समितिबाट नेपाल हाउसलाई ११ लाख वन सहयोगको घोषणा

Saturday, February 14, 2015

दीर्घकालीन र व्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले  नेपाल हाउसलाई ११ लाख वन सहयोगको घोषणा गरेको छ  । नेपाली कांग्रेसको दक्षिण कोरिया स्थित भातृ संगठन नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाले नेपाल हाउसलाई ११ लाख वन सहयोग गर्ने घोषणा गरेको हो ।   नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाका सभापति श्री नवराज शिवाकोटीज्युले आज घोषणाको बारेमा जानाकारी गराउनु भएको हो । सभापति श्री शिवाकोटीज्युको अनुसार नेपाली जन सम्पर्क समिति कार्य समितिको पूर्ण बैठकले नेपाल हाउसलाई  ११ लाख वन सहयोग गर्ने निर्णय गरेको हो । नेपाली जन सम्पर्क समिति दक्षिण कोरिया एक राजनितिक दलको भातृ संगठन भएता पनि कोोरियामा आपत् बिपतमा परका नेपालीहरुलाई सहयोग गर्दै आउनुको साथै नेपालमा समेत बिभिन्न समयमा आपकालिन सहयोग लगायतका परोपकारी कार्यहरु गर्दै आई रहेको छ  । यसअघि सिन्धुपाल्चोक पहिरो पिडितका लागि रु.१ लाख, ब्लडक्यान्सर पिडितका लागि रु. ७६ हजार, पत्रकार तथा संगितकार सूर्य कुमार क्षेत्रीलाई रु.१ लाख लगायत विभिन्न ठाउँमा सहयोग गर्दै आएकोछ । त्यस्तै , नेपाल हाउस निर्माण जस्तो परोपकारी अभियानको शुरुवात संगै नेपाल हाउस ब्यबस्थापन समितिमा रहेर नेपाली जन समपर्क समिति दक्षिण कोरियाले नेपाल हाउस निर्माणको यस ऐतिहांशिक अभियानलाई यहां ल्याई पुर्याउन उल्यख्यनिय भूमिका निर्वाह गरेको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP