ओ एन एफ कोरियाका सल्लाहकार चेत बहादुर बस्नेत बाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग
Saturday, February 14, 2015
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन ओ एन एफ कोरियाका सल्लाहकार श्री चेत बहादुर बस्नेत ज्युबाट नेपाल हाउसलाई १ लाख ५१ हजार वन सहयोग प्राप्त भएको छ । नेपाल सम्पर्क समिति दक्षिण कोरियाको सचिव समेत रहनु भएका समाज सेवी श्री बस्नेत कोरियाली भूमिमा सकृय समाजसेवीको रुपमा चिनिनु हुन्छ । नेपाल हाउस ब्यबस्थापन समितिमा समेत सकृय भूमिका निभाउंदै आउनु भएका श्री बस्नेत यस अभियानमा संघसंस्थालाई चन्दा संकलन संयोजक समेत रहनु भएको छ ।