एन सि सीका बरिष्ठ उपाध्यक्ष बलाराम पुन बाट नेपाल हाउसलाई २ लाख ५५ हजार वन सहयोग
Monday, February 2, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन नेपाल सम्पर्क समिति दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष श्री बलाराम पुन ज्युबाट २ लाख ५५ हजार वन सहयोग प्राप्त भएको छ । आठबिस ,डांडागाउं २ रुकुम जिल्लाबाट कोरिया आउनु भएका युवा समाज सेवी श्री पुन कोरिया आए लगत्तै नेपाल मगर संघ गणतन्त्र कोरियामा आबद्द रहेर समाजसेवामा होमिनु भएको थियो । नेपालमा लामो समय सम्म बिद्यार्थी राजनीति बाट आफ्नो परिचय बनाउनु भएका उहांलाई प्रखर र खरो बक्ताको रुपमा समेत लिईन्छ । मिलन सार र समाजसेवी भावनाबाट ओटप्रोट ब्यक्तित्व पुनले छोटो समयमा नै कोरियाली भूमिमा चर्चित समाजसेवीको रुपमा आफूलाई स्थापित गराउन सफल हुनु भएको छ ।