नेपाली कार्यरत कम्पनीका मालिकबाट नेपाल हाउसलाई २ लाख वन सहयोग
Monday, February 2, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन हेटौडका मनोज सुवेदी (नेपाल हाउस आर्थिक सहयोगी ) लगायतका नेपाली दाजुभाईहरु कार्यरत कम्पनीका मालिक किम उन दो ज्युबाट नेपाल हाउसलाई २ लाख वन सहयोग प्राप्त भएको छ । गत आईतबार लम्पनीका मालिक नेपाल हाउस कक्षमै उपस्थित भई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । मालिक किमले नेपाल हाउसको लागि आबश्यक सामाग्री २ सेट उपहार समेत दिनु भएको छ । उक्त समाग्री नेपाल हाउसमा आयोजित कुनै कार्यक्रम मार्फत हस्तान्तरण गर्ने गरि सुरक्षित राखिएको छ ।