नेपाल छन्त्याल संघका अध्यक्ष चुडामणी छन्त्यालबाट नेपाल हाउसलाई १ लाख १ हजार वन सहयोग
Monday, February 9, 2015
दीर्घकालिन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल
बनाउन नेपाल छन्त्याल संघका अध्यक्ष श्री चुडामणी छन्त्यालज्यु बाट नेपाल
हाउसलाई १ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । बाग्लुङ जिल्ला
बोंगादोभानबाट ईपिएस भिषा मार्फत कोरिया आई कार्यरत समाजसेवी श्री
छ्न्त्यालले नेपाल छन्त्याल संघ दक्षिण कोरियामा को अध्यक्ष पदमा रहेर सकृय
रुपमा संस्थालाई अगाडी लैजानु भएको छ ।