मोरङ डाईनामिक कमिटीबाट नेपाल हाउसलाई १० लाख ५१ हजार वन सहयोगको घोषणा

Saturday, February 14, 2015

दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउनकोरियाली भूमिमा एक सकृय संस्था मोरङ डाईनामिक कमिटीको तर्फबाट नेपाल हाउसलाई १० लाख ५१ हजार वन सहयोगको घोषणा भएको छ । घोषणाको बारेमा  मोरङ डाईनामिक कमिटीका अध्यक्ष श्री डा. देबी बहादुर बस्नेत ज्युले जानाकारी गराउनु भएको हो । नेपाल हाउसको यस परोपकारी अभियानको लागि कार्य समितिको बैठकले  १० लाख ५१ हजार वन सहयोग गर्ने निर्णय गरेको हो - अध्यक्ष श्री डा. बस्नेतज्युले भन्नु भयो ।  मोरङ जिल्लाबाट  कोरियाली भूमिमा आई कार्यरत मोरङेहरुलाई एकजूट बनाई एकापसमा सहयोग आदान प्रदान गर्न सजिलो होस भन्नाको खातिर सन २००५ मा स्थापना भएको  हो । यस संस्था कोरियामा रहेका हरेक संस्थाहरु संग हातेमेलो गर्दै अाउनुको साथै हरेक सामूहिक कृयाकलापहरुमा आर्थिक,नैतिक र भौतिक सहयोग सहितको समाजसेवी भूमिका निभाउंदै आएको छ ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP