आम्बेगुदिन,६ ताप्लेजुङका जसु याखाबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग
Saturday, February 14, 2015
दीर्घकालीन र व्यबस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन आम्बेगुदिन,६ ताप्लेजुङका युवा समाजसेवी श्री जसु याखाज्युबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको छ । आम्बेगुदिन,६ ताप्लेजुङ स्थायी घर भई हाल काठमाडौमा वसोवास गर्नु हुने समाजसेवी श्री याखा ज्युबाट नेपाल हाउसलाई १ लाख ५ हजार वन सहयोग प्राप्त भएको हो । उहां ईपियस भिषा मार्फत कोरिया आई हाल छनान एरियामा कार्यरत हुनुहुन्छ । ९ बर्ष सम्म नेपाल आर्मीमा रहेर देशको सेवा गरि सक्नु भएका समाजसेवी श्री याखाज्युले नेपाल हाउसको परोपकारी महान अभियानमा स्वफूर्त रुपमा सहयोग गर्नु भएको हो ।