समाजसेवी केशव गौतमबाट नेपाल हाउसलाई १ लाख वन सहयोग
Wednesday, February 4, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन प्रवासी नेपाली मंच ( ओ एन एफ) तथा नेपाल सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष श्री केशव गौतमज्युले नेपाल हाउसलाई १ लाख वन सहयोग गर्नु भएको छ । समाजसेवी श्री गौतम कोरियाली भूमिमा लामो समय देखि समाजसेविको भूमिका निर्वाह गर्दै आउनु भएको छ । एन सि सी बुसानमा समेत रहेर समेत काम गरि सक्नु भएका उहां बुसानमा कार्यरत रहंदा बुसान एनसिसीका अध्यक्ष श्री एल बी बिष्टज्युको संयोजकत्वमा प्रस्तावित हिमालय छिन्गु चीवको अबधारणाकार समेत हुनुहुन्छ ।