थकाली सेवा समाज दक्षिण कोरियाबाट नेपाल हाउसलाई ५ लाख १ हजार वन सहयोग
Sunday, February 1, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन थकाली सेवा समाज दक्षिण कोरियाको तर्फबाट ५ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । संस्थाका अध्यक्ष भरत तुलाचनले दीर्घकालिन र व्यवस्थित नेपाल हाउस निर्माण गर्ने पवित्र कार्यको लागि थसेस कोरियाको आईतबार बसेको बिशेष बैठकले निर्णय गरेको जानाकारी दिनु भयो । थकाली सेवा समाज दक्षिण कोरियालाई करियाली भूमिमा बिबिध सामाजिक कृयाकलाप लगायतका हरेक गितिबिधिहरुको सुरुवात गर्ने संस्थाको रुपमा समेत हरिन्छ । कोरियाली भूमिमा सर्व प्रथम सेल रोटी र चिया बेचेर कोशी बाढी पिडितलाई सहयोग गर्दै उदाहरणिय बनेको यस संस्थाले गत २००९ मा थासाङ सांगीतिक सौगातको आयोजनाको मुनाफा रकमबाट कोरियामा कामको शिलशिलामा अपांग बन्न पुगेका प्रवासी नेपालीहरुको संस्था नेपाल अपांग संघ दक्षिण कोरियालाई ३० लाख वन सहयोग गरेको थियो । त्यस्तै थकाली सेवा समाजले कोरियाली भूमिमा सर्ब प्रथम भाग्यशाली चिट्ठा कार्यक्रमको आयोजना गरेर मुनाफा रकमलाई आपत्कालिन घटना, दुर्घटना लगायतका सामाजिक सेवाका पवित्र कार्यहरुमा खर्च गरेको थियो ।