झापा मिलन समाजबाट नेपाल हाउसलाई ७ लाख १ हजार वन सहयोग

Tuesday, February 17, 2015

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियानलाई सफल बनाउन कोरियाको एक सकृय संस्था झापा मिलन समाजबाट नेपाल हाउसलाई ७ लाख १ हजार वन सहयोग प्राप्त भएको छ । नेपाल हाउसको परोपकारी कामको लागि झापा मिलन समाजको पूर्ण बैठकबाट निर्णय गराई सहयोग गरिएको जानाकारी संस्थाका अध्यक्ष श्री मिन प्रकाश उप्रेतिज्युले दिनु भएको छ । उक्त सहयोग रकमलाई  गत आईतबार नेपाल सम्पर्क समितिले आयोजना गरेको अन्तर्कृया कार्यक्रम मार्फत झापा मिलन समाजका कावा सचिव राजु संतोषी थापाज्युले हस्तान्तरण गर्नु भयो । झापा मिलन समाज कोरियाली भुमिमा एक सकृय समाजसेवी संस्थाको रुपमा चिनिन्छ । संस्थाले आपत बिपतमा परेका जो कोही प्रवासी नेपालीहरु को लागि आश्रय स्थल सवरुप कोरियाको सुवन शहरमा पाथीभरा हाउस बिगत २ बे्ष देखि संचालनमा ल्याएको छ । झापा
मिलन समाज आफैले संचाल गर्दै आइरहेको यस पाथिभरा हाउसको कठिनाई हुंदाहुंदै नेपाल हाउसलाई आर्थिक सहयोग गरेको हो ।

Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP