धुम्बाराही ४ का आर के बोस (आरके पहारी श्रेष्ठ) बाट नेपाल हाउसलाई १५१,००० सहयोग
Wednesday, February 11, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन काठमाडौ, धुम्बाराही ४ का श्री आर के बोस (आरके पहारी श्रेष्ठ) ज्युबाट नेपाल हाउसलाई १५१,००० सहयोग प्राप्त भएको छ । ईपियस भीषा मार्फत कोरिया आई हाल फेन्टेक शहरमा कार्यरत समाजसेवी श्री श्रेष्ठ ज्युबाट नेपाल हाउसलाई सहयोग प्राप्त भएको हो । बिगतका दिनहरुलाई भुलेर नयां सोंच राख्नु पर्छ भन्ने मान्यता राख्नु हुने श्री श्रेष्ठ अबोप्रान्त समाजसेवामा खुलेरै लाग्ने सोच भएको बताउनु हुन्छ । परोपकारी कार्यहरुमा सहयोग गर्न एक कडम अगाडी रहनु भएका समाजसेवी श्रेष्ठज्युको नयां सोच र उच्च बिचारको लागि नेपाल हाउस ब्यबस्थापन समितिको तर्फबाट उच्च सम्मानको साथ सलाम !!!