एन आर एन ख्वाङजुका संयोजक श्री खनालबाट नेपाल हाउसलाई २ लाख वन सहयोग
Sunday, February 8, 2015
दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानलाई सफल बनाउन एन आर एन कोरिया ख्वाङजु कमिटीका संयोजक श्री खनालज्युबाट नेपाल हाउसलाई २ लाख वन सहयोग प्राप्त भएको छ । झापा ,बिर्तामोडबाट ईपियस भीषा मार्फत कोरिया आउनु भएका समाज सेवी श्री खनाल ज्यु नेपाल दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानका सकृय आर्थिक संकलक समेत हुनुहुन्छ । महामेलालाई भब्य रुपमा सफल बनाउन ख्वाङजु क्षेत्रको लागि प्रचार प्रसार ,आर्थिक संकलन लगायतको नेतृत्व गर्दै आउनु भएको छ । कोरिया प्रबेश गरे देखि नै उहां समाज सेवामा सकृय रुपमा लागि पर्नु भएको छ । महामेलाको लागि उहांकै नेतृत्वमा ठूलो संख्यामा दर्शक उतार्ने तयारी गरि रहनु भएको छ । नेपालमा समेत सकृय समाज सेवीको रुपमा चिनिनु उहांले कोरियामा समेत कुशल समाजसेवीको रुपमा आफूलाई उभ्याउन सफल हुनु भएको छ ।