एन आर एन ए icc सदस्य के पी सिटौला बाट नेपाल हाउस लाई १६ लाख १६ हजार वोन सहयोग
Monday, February 16, 2015
सिटौलाको सामाजिक कार्य सम्बन्धि थप जानकारी को लागि यो पनि हेर्नुहोस /
२०४६ सालको जनआन्दोलनको सफलताबाट हौसिएका सिटौलालाई देशमा ठूलै कायापलट हुन्छ भन्ने लागेको थियो तर दुई वर्ष बितिसक्दा पनि देशले सोचेअनुरूपको छलाङ नमारेपछि एकहुल साथीसँग अराइभल भिसामा एक्काइस वर्षअघि कोरिया छिरेका सिटौलाले यो व्यस्ततासम्म आइपुग्न थुप्रै आरोह अवरोह पार गर्नुपर्यो। कोरिया प्रवेशपछि केही वर्ष मजदुरी गरेका सिटौलाले मजदुरीबाट मात्र देशलाई टेवा नपुग्ने महसुस गरेपछि कोरियाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको टेक्सटायलसम्बन्धी डिजाइनिङ सिकेर नेपालमा केही गर्ने योजना बनाए।यतिखेर उनी निकै व्यस्त छन्। कहिले नेपालका सम्बन्धमा जान्न चाहने कोरियन पत्रकारहरूलाई केही बताइरहेका हुन्छन् भने कहिले आफ्नै वृत्तचित्र बनाउने टेलिभिजनका क्यामेरा पर्सनहरूसँगै हिंडिरहेका हुन्छन्। कहिले टेलिभिजन प्रसारण केन्द्रतिर दौडिरहेका हुन्छन् त कहिले ने पालका पर्यटकीय स्थलहरूको व्याख्या गरिरहेका हुन्छन्। त्यसमाथि रोजीरोटीका लागि सञ्चालित आफ्नो व्यवसाय सञ्चालन गर्नु त छँदैछ। जता गएर जसलाई अन्तर्वार्ता दिए पनि 'नमस्तेरो सिजाक हाकेस्मिदा' (नमस्कारबाट सुरु गर्छु ) भन्छन्। यी व्यस्त व्यक्ति हुन् एनआरएन कोरियाका संस्थापक तथा नि वर्तमान अध्यक्ष केपी सिटौला।२०४६ सालको जनआन्दोलनको सफलताबाट हौसिएका सिटौलालाई देशमा ठूलै कायापलट हुन्छ भन्ने लागेको थियो तर दुई वर्ष बितिसक्दा पनि देशले सोचेअनुरूपको छलाङ नमारेपछि एकहुल साथीसँग अराइभल भिसामा एक्काइस वर्षअघि कोरिया छिरेका सिटौलाले यो व्यस्ततासम्म आइपुग्न थुप्रै आरोह अवरोह पार गर्नुपर्यो। कोरिया प्रवेशपछि केही वर्ष मजदुरी गरेका सिटौलाले मजदुरीबाट मात्र देशलाई टेवा नपुग्ने महसुस गरेपछि कोरियाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको टेक्सटायलसम्बन्धी डिजाइनिङ सिकेर नेपालमा केही गर्ने योजना बनाए। त्यसका लागि उनले सन् १९९६ देखि २००० सम्म कोरियाको चर्चित लासारा फेसन डिजाइन एकेडेमीबाट मल्टिपल कोर्ष पूरा गरे। त्यही एकेडेमी र कलन ग्रुप ९तभहतष्भि मभउत० सँग मिलेर नेपालमा १ हजार जनशक्ति खपत हुने टेक्सटायल उद्योग सञ्चालन गर्ने योजना भयो, जसअनुसार सिटौला कोरियन टोली लिएर सम्भाव्यता अध्ययन गर्न नेपाल पुगे, तर नेपालको राजनीतिक अस्थिरताका कारण कोरियनहरूले आफ्नो लगानीको सुरक्षा देखेनन्। त्यो क्षण निकै दुःखी बनेका सिटौला भन्छन्, 'हालसम्म पनि नेपालको आफ्नो फेसन ब्रान्ड नहुनु साह्रै दुःख लाग्दो कुरा हो।' सोचेअनुरूपको योजना सफल नभएपछि सिटौला कोरिया फर्केर पर्यटन क्षेत्रमा लागे। नेपाल टुर कम्पनीका संस्थापक सिटौला २००२ देखि हालसम्म नेपाल पर्यटन बोर्डको कोरियाको अबैतनिक प्रतिनिधि पनि हुन्। पर्यटन क्षेत्रमा लागेपछि कोरियाका विभिन्न स्तरका नागरिकसँग उनको संगत बढ्दै गयो। कोरियामा हुने पर्यटनसम्बन्धी सेमिनार एवं सांस्कृतिक कार्यक्रमहरूमा नेपालका तर्फबाट सहभागिता जनाउँदै गए। उनले हरेक वर्ष सोल महानगरपालिकाले आयोजना गर्ने 'हाई सोल फेष्टिभल' मा लगातार नौ वर्षसम्म नेपाली कला-संस्कृति प्रदर्शनी गरे। सिटौलाका यी स-साना प्रयासले जनस्तरमा नेपाल र कोरियाको सम्बन्ध प्रगाढ हुँदै गयो भने व्यक्तिगत रूपमा कोरियाली अधिकारीहरूसँग उनको सम्पर्क सञ्जाल फैलँदै गयो। त्यतिबेला कोरियामा नेपाली राजदूतावास स्थापना भएको थिएन तर पनि विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूका सयौं व्यावहारिक एवं कानुनी समस्याहरू थिए। त्यस्तो अवस्थामा सन् १९९३ मा स्थापना गरिएको नेपाली सम्पर्क समितिमार्फत कोरियाका माइग्रेन्ट यूनियनहरूको सहयो गमा आपत परेका नेपालीहरूलाई भरमग्दुर सहयोग गरेका सिटौलाले कोरियन भाषा नजानेकै आधारमा मानसिक सन्तुलन गुमाएको भन्दै मानसिक अस्पतालमा छ वर्षसम्म राखिएकी कास्की किम्जेकी चन्द्रा गुरुङको रिहाइका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सज्जन चन्द्रालाई मानसिक सन्तुलन गुमाएको भन्दै ६ वर्षसम्म मानसिक अस्पतालमा राखेर सजाय दिने कोरियन सरकारविरुद्ध सिटौलाले मुद्दा हालेर विजय प्राप्त गरे भने चन्द्रालाई क्षतिपूर्ति दिलाउन पनि उनले ठूलो सहयोग गरेका थिए। चन्द्राको कानुनी विजय प्रवासी मजदुरहरूका निम्ति र कोरियाका शासक-प्रशासकहरूका लागि एउटा नजिर बन्न पुग्यो। कोरियाली नेपाली समाजमा सहयोगी एवं कोरियन सरकारका लागि प्रवासी मजदुरहरूको सन्दर्भमा एउटा गतिलो पाठ सिकाएका सिटौलालाई कोरिया सरकारले आफ्नो ५० औं राष्ट्रिय स्वतन्त्रता दिवसको अवसर पारेर सन् २००९मा विशेष सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्यो। कोरियाको अनेरेरी सिटिजन बुकमा नाम लेखाउने सिटौला नेपालका प्रथम र दक्षिण एसियाका चौथा व्यक्ति बन्न पुगे। मानार्थ नागरिकता प्राप्त व्यक्तिलाई कोरियामा कूटनीतिक नियोग प्रमुख सरहको सम्मान दिइन्छ।विसं २०२५ सालमा तेह्रथुम आठराईमा जन्मिएर सरस्वती मावि हापाङ तालेजुङ, भद्रकाली मावि कोहबरा झापा, दमक बहुमुखी क्यापस हुँदै शंकरदेव क्याम्पस काठमाडौंसम्म पुग्दा बिकमसम्मको पढाइ सिध्याएका सिटौला कोरिया सरकारले गरेको आफ्नो सम्मानलाई राष्ट्रको सम्मान मान्छन्। बिगत २१ वर्षदेखि कोरियाको आर्थिक विकास, सामाजिक उन्नति, विज्ञान प्रविधिक तहल्का र जनताको राष्ट्र प्रेमलाई नजिकबाट नियालिरहेका सिटौला कोरियाबाट नेपाली जनताले धेरै पाठ सिक्न सक्छन् भन्छन्। कोरियन सरकारदेखि नागरिकसम्मको ने पालसम्बन्धी चासो बढी रहेको बताउँदै सिटौला भन्छन, 'देशमा राजनीतिक स्थिरता, लगानीको सुरक्षा एवं सुचारु विद्युत् आपूर्ति हुनसके को रियाका धेरै लगानीकर्ताहरू नेपालमा लगानी गर्न तयार छन्।'एनआरएन कोरियाका संस्थापक एवं निवर्तमान अध्यक्ष तथा यहाँ क्रियाशील दर्जनभन्दा बढी संघसंस्थाको सल्लाहकारसमेत रहेका सिटौला को रियाली सञ्चार माध्यमहरूमा आउने नेपालीहरूमध्ये अग्रपंक्तिमा छन्। उनको वृत्तचित्र यहाँका आरिराङ, एनआईटीभी, इबीएस, जेसीटीबी र वाइटीएनजस्ता चल्तीका टेलिभिजन च्यानलहरूले निर्माण एवं प्रसारण गरिसकेका छन्।