नेपाल हाउसको दश करोड संकलन अभियानलाई सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद ।

Monday, March 16, 2015


गत बर्षको मे महिना सम्ममा पट्क पटक सम्पन्न कोरियामा रहेका कृयाशील संघसंस्थाहरु बिचको अन्तर्कृया कार्यक्रमबाट गठित नेपाल हाउस ब्यबस्थापन समितिको परिकल्पना अनुसार दीर्घकालिन र व्यवस्थित नेपाल हाउसको लागि दश करोड वन संकलन अभियान स्वरुपको नेपाल हाउस सांगीतिक महामेला सम्पन्न भई सकेको छ भने आर्थिक सहयोग संकलन कार्य अझै जारी छ । गत २०१४ डिसेम्बर  महिना देखि सुरु गरिएको यस महत्वाकांक्षी अभियानमा कोरियामा रहेका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा, अनलाईन मिडियाका संचालक तथा पत्रकारहरु, ब्यापारी तथा बुद्दिजिवीहरु,बिधार्थी लगायत थुप्रै समाजसेवी प्रवासी नेपालीहरुको मिहेनत र परिश्रम लगानी रहेको छ । महामेला र आर्थिक सहयोग संकलन कार्यलाई एक साथ अगाडी बढाईएको यस महान अभियानमा ब्यापारी तथा समाजसेवी प्रवासी नेपालीहरुको सहयोग अत्यधिक रह्यो । 

अभियान अन्तर्गतको नेपाल हाउस सांगीतिक महामेला बुसान र सउलको कार्यक्रम  अपेक्षाकृत नभएता पनि संतोषजनक रह्यो । नेपाल हाउसको आर्थिक सहयोग संकलन अभियानले त ऐतिहांशिक रुपमै  सफलता हांशिल गर्यो । अब बस्ने सचिवालयको बैठक र बैठकले तय गरेको सम्पूर्ण संघसंस्था बिचको बृहत भेला पश्चात अपेक्षाकृत महत्वकांक्षी नेपाल हाउस नबने पनि परिकल्पना अनुसारको दीर्घकालीन र ब्यबस्थित नेपाल हाउस बन्ने कुरामा दुई मत छैन ।

दीर्घकालीन र व्यवस्थित नेपाल हाउसको महत्वाकांक्षी यस अभियानलाई सफल बनाउन गत ४ महिना देखि आजको दिन सम्म सउल र बुसानमा अहोरात्र लागि पर्दै सहयोग पुर्याउनु भएका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु , अनलाईन मिडियाका संचालक तथा पत्रकारहरु, ब्यापारी तथा बुद्दिजिवीहरु,बिधार्थी लगायत सम्पूर्ण समाजसेवी प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै नेपाल हाउसको यस परोपकारी अभियान  निरन्तर जारी रहेको र रहि रहने जानाकारी गराउन चाहान्छौ । साथै नेपाल हाउस सांगितिक महामेलाको टिकटको अर्धकट्टी छिटो भन्दा छिटो बुझाई सहयोग गर्नु हुन  समेत सम्पूर्ण समाजसेवी तथा बुद्दिजिवीहरुमा हार्दिक अनुरोध गरिन्छ  
नेपाल हाउस व्यवस्थापन समिति
            दक्षिण कोरिया ।


Post a Comment

देशलाई म त दिन्छु केहि भन्देउन है !

यो देशमा एउटा मानिस खोजि रहेछु

देश हांक्ने जिम्मा पाएकाहरुलाई सुझाव

Total Pageviews

  © Nepalhouse blog by Nepal House secretariat Team नेपाल हाउस सविवालय 2014

Back to TOP