नेपाल हाउस सचिवालय बैठक सम्पन्न, नयां नेपाल हाउसको खोजिमा ब्यबस्थापन समिति
Wednesday, March 25, 2015
दीर्घकालीन र ब्यबस्थित नेपाल हाउसको लागि दश करोड संकलन अभियानको सफलता पश्चात २२ तारिख आईतबार नेपाल हाउस सचिवालयको पहिलो बैठक सम्पन्न भएको छ । आईतबार बसेको सचिवालयको पूर्ण बैठकले गत ४ महिना देखि शुरु गरिएको महान अभियानको समिक्षा गर्नुको साथै प्रारम्भिक आय तथा ब्यय बिबरण सार्वजनिक गर्ने तयारी गरेको छ । तर महामेलाको लागि बिक्री भएका टिकटको अर्धकट्टी र सोहि अनुसारको रकम अझै करिव ७० प्रतिशत उपलब्ध भई नसकेकोले अबको केहि हप्तामा नै अभियानको सम्पूर्ण आय र ब्यय बिबरण सार्वजनिक गरिने छ । बैठकले आर्थिक सहयोग संकलन अभियान ऐतिहांशिक रुपमै सफल भएको र सांगीतिक महामेला अपेक्षाकृत नभएको ठहर गरेको छ । साथै बैठकले यस महान अभियानलाई सफल बनाउन अहोरात्र लागि पर्नु हुने समाजसेवी बुद्दीजिवी ,पत्रकार तथा सम्पूर्ण समाजसेवी तथा सहयोगी प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई धन्यबाद ज्ञापन गरको छ ।
त्यस्तै, हाल संचालनमा आईरहेको नेपाल हाउसको घर मालिक संगको सम्झौता अबधि यसै महिनाको अन्तमा समाप्त हुने भएको छ । नेपाल हाउसको सम्झौता अबधि यसै महिनामा समाप्त हुने भएकोले आगामी १ महिना भित्र नयां नेपाल हाउसको ब्यबस्था गर्ने गरि बढिमा १ महिनाको लागि अर्थात अप्रील मसान्त सम्मको लागि म्याद थप गर्ने निर्णय समेत गरिएको छ ।